|

प्यूठान : सरुमारानी १ बाङ्गेसालका दुई घर र एउटा गोठ जलेर नष्ट भएको छ।

आगलागीबाट मिया टोलका खगि मियाको घर गोठ  र कस्मिरा मियाको घर जलेर नष्ट भएको हो। घरनजिक रहेको बिद्युतको तार सर्ट भइ बुधबार करिब दिउसो १ वजे सल्किएर आगोलागी भएको प्रहरी स्रोतले जनाएको छ। दुई घर र एक गोठमा भएको आगोलागीबाट २३ लाख बराबरको क्षति भएको प्रहरी चौकी ढुंगेगाढी दरभानका प्रहरी सहायक निरीक्षक खेमराज बुढाथोकीले जानकारी दिए। 

गाउँपालिकाले प्रतिघर परिवार २० हजारका दरले राहत प्रदान गरेको गाउँपालिका अध्यक्ष झगबहादुर बिश्वकर्माले जानकारी दिए। स्थानीय, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी बांगेसाल उपशाखा लगायतको सक्रियतामा आगो नियन्त्रणमा लिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.