|

 इलाम : इलाममा लागुऔषध (ब्राउन सुगर) सहित दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका ४ बस्ने वर्ष २५ का रोशन राई र देउमाई नगरपालिका ९ बस्ने वर्ष २० का विशाल सिवालाई पक्राउ गरेको हो।

दुवैजनालाई गत फागुन १५ गते नै इलाम नगरपालिका ९ गोलाखर्कबाट पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको छ। उनीहरूको साथबाट ४.५ ग्राम ब्राउन सुगरसमेत फेला परेको प्रहरीले जनाएको छ। पक्राउ गरेका दुवैजनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

पछिल्लो समय युवायुवती दुर्व्यवसनीमा फस्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालयले विद्यालयस्तरमा समेत सचेतना कक्षा दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.