|

दुवईका अनलाइन सपिङ प्रदायक कम्पनीले विद्युतीयलगायतका सामानमा भारी छुट दिएर बेच्न थालेका छन्।

चीनबाट सुरु भएर विश्वभर फैलिएक कोरोना भाइरसको प्रभाव परेपछि यहाँका अनलाइन सेवा प्रदायकहरूले भारी छुटमा मोबाइललगायत विद्युतीय सामग्री बिक्री वितरण गर्न थालेका हुन्।

अनलाइनमार्फत खरिद गर्नेलाई आइफोन एक्स एसको मूल्यमा ४७ प्रतिशत छुट गरिएको छ। आइफोन एक्स एसको सुरुवातीको मूल्य ४ हजार ४ सय ६ डिनार रहेकोमा छुटपछि यसको मूल्य २ हजार ३ सय ९९ कायम भएको छ। त्यसैगरी, लुगा र अन्य भान्सामा प्रयोग हुने सामग्रीमा पनि ३० देखि ४५ प्रतिशतसम्म छुट दिइएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूल जनाएका छन्।

उपभोक्ताको आवश्यतकता र मागअनुसार अनलाइन कम्पनीले बिक्री गर्ने गरेका हुन्। चीनमा कोरोना भाइरसको प्रभाव परेर उत्पादन रोकिए तापनि मध्यपूर्वको देशले भने अनलाइन सपिङमा छुट दिएर सामग्री बिक्री गरिरहेका छन्।

यो छुटअनुसार सामग्री बिक्री हुँदै गएमा अझ बढी छुट दिएर बिक्री गर्ने अनलाइन बिक्रेता कम्पनीहरूले जनाएका छन्। वास्तविक मूल्यमा सामान बिक्री नभएपछि भारी छुट दिएर अनलाइनमार्फत बिक्री गरिरहेको गल्फ न्युजले जनाएको छ।

फेब्रुअरीको दोस्रो सातादेखि मध्यपूर्वमा कोरोना भाइरसको प्रभाव परेपछि उपभोक्ताले कम मात्रामा सामान खरिद गरेका थिए। तर, दुबईमा प्रभाव पर्नभन्दा अगाडिदेखि नै छुट दिन थालिएको थियो।

'वर्षको सुरुवातदेखि कपडा र विद्युतीय सामग्रीमा १० देखि १५ प्रतिशत छुट दिएको थियो,' प्रोक्युमेन्ट बजारका म्यानेजर अल्ताफ पटेलले भने, 'जुन अनलाइन ग्राहक प्रति लक्षित रहेको छ।' सामानहरूमा चिनियाँ पोर्टलहरूले पनि अहिले छुट दिइरहेका पनि उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.