|

काठमाडौं : राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख डा गोविन्द पोखरेलले गिरानचौरको एकिकृत बस्तीको शिलन्यास गरेका छन्। मेलम्ची नपा ८ स्थित गिरानचौरका स्थानीय आफैले मिली बनाएको सामुदायिक स्थायी एकिकृत नमुना बस्ती उनले शिलन्यास गरेका हुन्। 

उनले देशको पुननिर्माणको लागि यस बस्तीले सन्देशमुलक काम गरेको बताए। सरकारले भूकम्प पीडितका लागि दोस्रो किस्ता तत्काल वितरण गर्न लागेको उनले जानकारी दिए। 

‘पुननिर्माणको सवालमा स्थायी एकिकृत बस्ती सुरुवात हो, पुननिर्माणलाई अगाडी बढाउन् दोस्रो किस्ता सोमबार नै जिविसमा निर्णय गरेर पठाइसकेका छौ,’ प्रमुख पोखरेलले शिलन्यास कार्यक्रममा भने ‘विकासका पुर्वाधारलाई प्रयोग गरी सबै आवास बनाउन लाग्न लागे मात्रै पुननिर्माण सम्भव छ।’ 

गिरानचौरमा धुर्मुस–सुन्तली फाउण्डेशनद्धारा बनेको नमुना बस्ती बाहेक एकसय पॉच तामाङ परिवार अझै भत्केकै घरमा ,टहरा बनाएर बसिरहेका थिए। तिनीहरुले सामूहिक रुपमा घर बनाउने अभियान थालेका हुन्। धुर्मुस–सुन्तली फाउन्डेशनले बनाएको बस्ती नजिकै नयॉ बस्ती निमार्ण हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.