|

 

 

आँखा छोपी लजाउनेले केके गर्‍यो गर्‍यो
रिसाएर घुर्काएको अझै मन पर्‍यो ।

 

मायै माया देख्छु उनले आँखा तर्दा पनि
खुसी लाग्छ मायालुले गाली गर्दा पनि 
रिसाउनु र खुसी हुनु घाम छाया जस्तो
त्यही रिसमा प्रीत फुल्ने माया होला कस्तो?

 

थाहै नपाई पापी मन उतैतिर सर्‍यो 
आँखा छोपी लजाउनेले केके गर्‍यो गर्‍यो ।

 

आँखाबाट ओझेल हुँदा मनभित्र खोजेँ
विपनामा टाढा हुँदा सपनीमा खोजेँ
खुसी फुल्छ रुँदा पनि उनकै काख हुँदा
कस्तो होला दुःख शून्य खुसी लाख हुँदा ।

 

हुँदाहुँदै मेरो मन उनकै मनमा झर्‍यो
आँखा छोपी लजाउनेले केके गर्‍यो गर्‍यो ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.