|

काठमाडौं : सरकारले दुई हप्ताभित्र निर्वाचनको घोषणा गर्ने जानकारी दिँदै चुनावको तयारीमा लाग्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद वैठकले स्थानीय निर्वाचन गर्नका लागि आयोगलाई लिखित आग्रह गर्ने निर्णय गरेको हो।

सरकारले दुई हप्ताभित्र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन र त्यसमाथि आएका गुनासाको विस्तृत अध्ययन गरी सुझाव सहित प्रतिवेदन बुझाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

समितिको सदस्यमा उद्योग मन्त्री नवीनद्रराज जोशी र आपूर्ति मन्त्री दीपक बोहरा सदस्य तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी सदस्य सचिव रहने सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए।

समितिले आयोगको प्रतिवेदनमाथि आएका गुनासो र प्रदेश नम्बर २ मा देखिएको असन्तुष्टीलाई संबोधन गर्ने गरी दुई हप्ताभित्र सुझाव पेश गर्नेछ। त्यसपछि सरकारले चुनावको मिति घोषणा गर्ने मन्त्री कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.