|

भारतको उत्तर प्रदेशमा युवतीहरुको मोबाइल नम्बर बिक्री हुने गरेको पाइएको छ। हिन्दुस्तान टाइम्सले युवतीहरुको नम्बर खुलेआम बिक्री भइरहेको उल्लेख गरेको छ। यस्ता नम्बरहरु रिचार्ज गर्ने पसलबाट बढी बेचिने गरेका छन्। 

यसरी बिक्रीमा राखिएका नम्बरको मूल्य युवतीको सुन्दरताका आधारमा निर्धारण गर्ने गरेको पाइएको रिपोर्टमा उल्लेख छ। मतलब, राम्री तथा आकर्षक युवतीको मोबाइल नम्बर सबैभन्दा महङ्गो र सामान्य युवतीको सस्तो मूल्यमा बिक्री हुन्छ।

यसरी नम्बर खरिद गर्नेले युवतीहरुलाई अनावश्यक फोन गरेर हैरान पार्ने गरेका छन्। त्यहाँको महिला प्रहरी हेल्पलाइन (१०९०) मा आएको गुनासोमाथि अनुसन्धान गर्दा यस्तो रहस्य खुलेको हो।

महिला हेल्पलाइनमा २०१२ देखि २०१६ को बीचमा आएका ६ लाख ६१ हजार १ सय २९ उजुरीमध्ये ५ लाख २८ हजार ८ सय ५४ उजुरी अनावश्यक फोन गरेर हैरान पारेको सन्दर्भमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.