बैतडी : बैतडीको दुर्गममा पर्ने सिगास गाउँपालिकाले दुईस्थानमा हेलिप्याड निर्माण गरेको छ। कोरोना भाइरसका संक्रमित भेटिइहाले आपत्तकालिन उद्दार गरी तत्काल जिल्ला बाहिर लैजानुपर्ने अवस्था आउनसक्ने भन्दै हेलिप्याड निर्माण गरिएको हो।
वडा नं २ गाँजरी र वडा नं ८ को लेकमा अस्थायी हेलिप्याड निर्माण गरिएको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए। कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि गाउँपालिकाले उच्च सतकर्ता अपनाएको उल्लेख गर्दै धामीले भने, 'गाउँपालिकासँग एम्बुलेन्स समेत छैन, संक्रमित भेटिएको खण्डमा तत्काल बाहिर लैजानुपर्ने अवस्थालाई मध्यनजर गर्दैै हेलिप्याड निर्माण गरिएको हो।’
कोरोना संक्रमण फैलन नदिन गाउँपालिकाले वडाहरूमा कुल ९० शय्या क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ। गाँजरीमा तीन र लेकमा दुई शय्या रहेको आइसोलेसन कक्ष समेत तयार पारेको गाउँपालिकाले जानकारी दिएको छ।
विभिन्न स्थानमा गरि ६ व६ा 'हेल्थ डेस्क' पनि स्थापना गरिएको छ। सिगास गाउँपालिकामा हालसम्म भारतबाट ५६ जना आएकामा १४ जनालाई क्वारेन्टाइनमा र २६ जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।