एक हप्ता सम्ममा सामान आइपुग्ने

|

 काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको उपचारको लागि आवश्यक थप स्वास्थ्य स्वास्थ्य सामाग्री खरिदको लागि प्रकृया अघि बढाएको छ।

यस अघि स्वास्थ्य सामग्री खरीदमा विवाद देखिएपछि ओम्नीसँग सम्झौँता तोडेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको  स्वास्थ्य सेवा विभागले कोरोना उपचारका आवश्यक थप सामग्री खरीदका लागि तीनवटा कम्पनीसँग खरीद सम्झौँता गरेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले  (कोभिड १९) को उपचारको लागि आवश्यक पर्ने २२ थरीका स्वास्थ्य सामाग्रीहरु रहेको बुझिको छ।जसमा  कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने पीपीई सेट, सर्जिकल तथा एन ९५ मास्क लगायतका सुरक्षा सामग्री कम्तिमा एक साता भित्र ल्याउने गरी तीन वटा कम्पनीसँग खरीद सम्झौँता गरेको बताइएको छ।

सो सम्झौता ३० करोड रुपैयाँ बराबरको रहेको बुझिएको छ। यस्तै पहिलो साता आंशिक र दोस्रो सातामा सम्झौँता अनुसारको सबै सामग्री ल्याउने उल्लेख छ। । विभागसँग बिहीबार सम्झौँता गर्ने कम्पनीहरुमा ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ कियर रहेका छन् ।

यसअघि ओम्नीसँग निकै महंगोमा खरीद गर्ने सम्झौँता गरेको भन्दै विवादमा परेको विभागले यसपटक सामानहरु सस्तोमा आउने दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.