कार्यकर्तालाई भने : पैदलयात्रीलाई खाना र बासको प्रबन्धन गर्नू

|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार निमुखा जनताको पीडामाथिको दर्शक भएको बताएका छन्।

कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेपछि रोजगारीका लागि अन्यत्र पुगेका निमुखा जनताको पिडामा सरकार दर्शक भएको बताएका हुन्।

खान नपाएर दैनिक सयौँ किलोमिटर पैदल हिँडेर हजारौं मजदुर घर गइरहेको अवस्थामा सरकारले जनतामाथि खेलवाड गरेको आरोप पनि उनले लगाएका छन्। 

'यस्तो संकटमा सरकार भरथेग सबैभन्दा बढी निमुखा जनतामाथि हुनुपर्ने हो', उनले भने, 'तर सरकारमा बसेकाहरू ती निमुखाहरूको त्यो पीडादायी यात्राको दर्शक मात्रै भएको छ।'

देउवाले लकडाउनको कारण काठमाडौं लगायत विभिन्‍न क्षेत्रबाट खाना र बस्‍ने व्यवस्था नभएर पैदल घर गइरहेका नागरिकलाई खान बस्न मिलाउन पनि कांग्रेसका कार्यकर्तालाई आग्रह गरेका छन्।

'नेपाली कांग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा सुभेच्छुक संस्थाका साथीहरुले सामाजिक दुरी कायम गरी आआफ्नो क्षेत्रमा खाना र राति भए बासको प्रबन्ध मिलाउन आग्रह गर्दछु', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.