सरकारको अभियानलाई साथ दिन आग्रह

|

काठमाडौं : कोभिड-१९ संक्रमित नेपालका दोस्रो बिरामी प्रशिद्धि श्रेष्ठ २७ दिन लामो उपचारपछि शनिबार अस्पतालबाट डिस्चार्ज भएकी छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरसविरुद्धको करिब एक महिना लामो संघर्षमा विजयी हुँदै उनी शनिबार मैतीदेवीस्थित घर फर्किएकी हुन्। 

घर फर्किनुअघि उनी र उपचारमा संलग्‍न सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलासँग अस्पताल हातामै नेपाल टेलिभिजनले संवाद गरेको थियो। उक्त संवादका क्रममा कालो हाइनेक र कालै पाइन्टमा देखिएकी उनमा बलियो आत्मविश्‍वास देख्‍न सकिन्थ्यो। 

उनले त्यस संवादका क्रममा फ्रान्सबाट काठमाडौं आउँदैदेखि आफूले सजगता अपनाएकाले अरुमा संक्रमण फैलिन नपाएको बताइन्। प्रशिद्धि फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको उडान नम्बर ६५३ बाट फागुन ४ मा काठमाडौं ओर्लिएकी थिइन्।

'जहाजमा रहँदा पनि म अलग्गै अरुसँग नजिक नपर्ने गरी बसेकी थिएँ, कोरोनाको महामारी चलिरहेकाले मैले जहाजमै सजगता अपनाउँदै आएँ, शौचालय पनि प्रयोग गरिनँ', उनले भनिन्, 'त्रिभुवन विमानस्थलमा ओर्लिएदेखि घरमा आएपछि पनि मैले आफूलाई 'सेल्फ आइसोलेसनमा राखेकी थिएँ, त्यहीकारण मेरो परिवारका अरु कुनै सदस्यलाई कोरोना सर्न पाएन।'

'दोस्रो कोभिड-१९ पोजिटिभका रुपमा मलाई यहाँ उपचार थालिएको थियो। अस्पतालमा २७ दिन बस्दा डाक्टरहरुको सहयोगले नै म अहिले ठीक भएँ। डा. अनुपले सुरूबाटै नआत्तिनु ठीक हुन् भनेर दिनु भएको हौसलाले ठूलो काम गर्‍यो।'

घरमै 'सेल्फ आइसोलेसनमा बसे पनि उनले आफूलाई कोरोना भएको अनुमान गरेकी थिइनन्। 'मैले आफूलाई कोरोना भएको ठानेकी थिइनँ, तर सजगता चाहिँ अपनाएकी थिएँ। घर आएको चौथो दिनमा भियतनामकी साथीले आफूलाई कोरोना भएकाले परीक्षण गर्न खबर पठाइन्। त्यसपछि मैले टेकुमा गएर परीक्षण गर्दा कोरोना देखियो। सुरुमा मलाई कोरोनाका कुनै पनि लक्षण देखिएका थिएनन्, बरु अस्पताल भर्ना भएपछि मैले कठिन चुनौतीको सामना गरेँ।'

उनले आफूलाई कोरोना पुष्टि भएपछि शुक्रराज ट्रपिकल अस्पतालले घरैमा एम्बुलेन्स पठाएर उपचारका लागि भर्ना गरेको पनि बताइन्। 'दोस्रो कोभिड-१९ पोजिटिभका रुपमा मलाई यहाँ उपचार थालिएको थियो। अस्पतालमा २७ दिन बस्दा डाक्टरहरुको सहयोगले नै म अहिले ठीक भएँ। डा. अनुपले सुरूबाटै नआत्तिनु ठीक हुन् भनेर दिनु भएको हौसलाले ठूलो काम गर्‍यो।'

प्रशिद्धिले अस्पतालका निर्देशक डा. सागर राजभण्डारीको पनि प्रशंसा गरिन्। 'उहाँहरुले व्यवसायिक सहयोग मात्रै होइन, व्यक्तिगतरुपमा सहयोग पनि गर्नु भएको छ। सागरराज भण्डारी र अनुप बाँस्तोलाको भूमिका प्रशंसनीय छ', उनले सुनाइन्, 'अस्पताल आएपछि मलाई कोरोना संक्रमणको लक्षण देखिन थालेको थियो। मैले निकै कठिन अवस्थाबाट गुज्रिँदा डाक्टरहरुले दिएको हौसलाले मेरा लागि यसरी निको हुने बाटोका रुपमा काम गर्‍यो।'

उनले कोरोना संक्रमण भएपछि स्वास फेर्न एकदमै अफ्ठ्यारो हुने अनुभव सुनाइन्। 'श्‍वास फेर्न एकदमै अफ्ठ्यारो हुँदो रहेछ। पेटमा दुखाई पनि चर्को थियो। थकाई एकदमै धेरै लाग्थ्यो', उनले सुनाइन्, 'कोरोनासँग जुधिरहँदा समाजमा हुने टिप्पणीले पनि मनोबलमा असर गर्दो रहेछ। कतिले सत्य कुरा बोल्नु भएको थियो भने केहीले कुरै नबुझी चित्त दुख्‍ने कुरा गर्नुभयो। पत्रकारहरुले पनि राम्ररी नबुझी गरेको टिप्पणीप्रति मेरो गुनासो छ।'

उनले कोरोना फैलिन नदिन संक्रमित र आशंकितका लागि 'सेल्फ आइसोलेसन' एकदमै महत्वपूर्ण हुने बताइन्। 'सेल्फ आइसोलेसन एकदमै महत्वपूर्ण छ। धेरै हिँडडुल गर्नु भएन', उनले भनिन्, 'अरुलाई जोगाउनु छ भने तोकिएका सबै नियम आफूले पालना गरिदिनु पर्छ।'

प्रशिद्धिले अन्य संक्रमितलाई कोरोनासँग जुध्न सबैभन्दा ठूलो धैर्यता र आत्मबल चाहिने बताइन्। 'अन्य संक्रमितहरुले धैर्यताका साथ बस्‍नु होला। कोरोना निको हुन लामो सयम पनि लाग्न सक्छ', उनले भनिन्, 'मलाई पनि एकै चोटी सन्चो भएको होइन, लगातार परीक्षणपछि नेगेटिभ आएको हो। कोरोना मनलाई अत्याउने खालको रहेछ। लक्षण देखिएसँगै आत्मबल बलियो चाहिन्छ। यो रोगलाई पराजित गर्न आफ्नो आत्मबललाई कमजोर हुन नदिनुस्, डाक्टरको सल्लाह मानेर धैर्यताका साथ बसिदिनुस्।'

'कोरोनासँग जुधिरहँदा समाजमा हुने टिप्पणीले पनि मनोबलमा असर गर्दो रहेछ। कतिले सत्य कुरा बोल्नु भएको थियो भने केहीले कुरै नबुझी चित्त दुख्‍ने कुरा गर्नुभयो। पत्रकारहरुले पनि राम्ररी नबुझी गरेको टिप्पणीप्रति मेरो गुनासो छ।'

उनले आफू अब सन्चो भएकाले प्लाज्मा दान गर्न तयार रहेको बताइन्। 'म कोरोनाबाट 'रिकभरी' हुनासाथै प्लाज्मामा एन्टीबडी भएकाले अब यो दान गर्न तयार छु। मैले दान गरेको प्लाज्माले अरु बिरामीलाई सहयोग गरोस्', उनले भनिन्, 'मलाई यो जटिल अवस्थामा हौसला दिएर साथ दिनुभएका बाबा, ममीसहित परिवारका सबै सदस्यसँग आभारी छु, डाक्टरहरुप्रति म सधैँ ऋणी रहनेछु।'

प्रशिद्धिले सरकारले कोरोना संक्रमितको उपचारका लागि पर्याप्त तयारी गरेको बताउँदै धेरै मानिस अझै आइसोलेसन र क्‍वारेन्टाइनमा पुग्‍न नपाएकोतर्फ ध्यान दिनुपर्ने उल्लेख गरिन्। 

'धेरै मानिस आइसोलेसन सेन्टरमा पुग्‍न पाएका छैनन्। सरकारले धेरै गरेको छ। तर सबैसम्म सुविधा पुगेको रहेनछ', उनले भनिन्, 'संक्रमण फैलिन नदिन सेल्फ आइसोलेसन बसनु र्छ। मैले त्यही गरेकैले कोरोना फैलिएन। तपाईंहरुले पनि परिवारमा बाहिर आएको भए परीक्षण गर्नु होला। सकेसम्म महामारीको बेला आफैं सजग रहनुस्।'

यसो भन्छन् डाक्टर अनुप

सरूवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले प्रशिद्धि अब पूर्णरुपमा ठीक भइसकेको बताए। 'प्रशिद्धि पूर्णरुपमा ठीक भइसकेकी छन्। उनले काठमाडौं आएर सेल्फ आइसोलेसनमा बस्नाले अरुमा कोरोना फैलिन पाएन', उनले सुनाए ,'उनले युरोपबाट आउँदा जुन सजगता अपनाएको पाइयो, त्यसले राम्रो गर्‍यो। घरमा पनि अलग्गै बसेकाले हामी ढुक्क भयौ।'

बाँस्तोलका अनुसार प्रशिद्धिलाई अस्पताल ल्याएपछि कोरोनाको लक्षणमध्ये एउटा खोकी लाग्‍ने समस्या आएको थियो। 'उनलाई अस्पताल ल्याएपछि कोरोनाका लक्षणहरु देखिएका थिए। हामीले गर्ने उपचारसँगै उनमा रहेको दृढ आत्मविश्‍वासले पनि कोरोना पराजित भयो', उनले भने, 'दुइटा पीसीआर परीक्षण नेगेटिभ आएपछि प्रशिद्धिलाई ठीको भएको छ। तर तत्काललाई केही समय घरमै सुरक्षित हिसाबले बस्‍नु जरुरी छ, मुख्य कुरा सरसफाइमा बढी भन्दा बढी ध्यान दिनुपर्छ।'
सरसफाइमा ध्यान दिनुर्छ।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.