|

एकवर्षपछि सारिएको टोकियो ओलम्पिकमा कोरोना भाइरस प्रवेश गरेको छ। टोकियो ओलम्पिकको मुख्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएसँगै ओलम्पीकमा औपचारीक कोरोना प्रवेश भएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।

पुरै विश्वलाई आफ्नो चपेटामा लिएको कोरोनाभाइरसले आगामी वर्ष हुने टाकियो ओलम्पिकमा आफ्नो छाँया दखाएको छ बुधबार एक कार्यक्रममा टोकियो ओलम्पिकको मुख्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको आयोजकले पुष्टि गरेको छ। संक्रमण पुष्टि भएसँगै पीडितलाई क्वारेन्टाइमा पठाइएको छ।

आयोजकका एक सदस्यकाअनुसार हारुमी नामक ब्यक्तिलाई कोरोना पोजेटिभ देखिएको हो। उनी टोकियो ओलम्पिक मुख्यालयमा कार्यरत रहेका थिए। यो पुरै
क्षेत्र संक्रमित रहेको छ। उसका साथमा जतिपनि मानिस काम गरिरहेका छन्।

यो क्षेत्रमा जतिपनि मानिसहरु काम गरिरहेका छन् सबैलाई घरमा सुरक्षित रहनका लागि भनिएको छ। यो पुरै क्षेत्र भने संक्रमित भएको छैन्। आयोजनाका लागि यो मुख्य समितीमा रहेर ३५ सय बढी कर्मचारीहरु कार्यरत रहेका छन्। जसमा ९० प्रतिशत बढीले घरबाटै काम गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.