|

काठमाडौं ः काठमाडौं महानगरपालिका वडा नम्बर ३२ जडीबुटीका सुकुम्बासी र मजदुरलाई राउत क्षेत्री सेवा समाजले राहत बाँडेको छ। लकडाउनका कारण रोजगारी गर्न नपाएर समस्यामा परेका ३५ परिवारलाई राहत बाँडिएको हो।

राउत क्षेत्री सेवा समाजका अर्थ संयोजक जीवन राउतका अनुसार संस्थाका महासचिव गोविन्द र श्याम राउतसहितले ती परिवारलाई चामल, दाल, साबुन, तेल र नुन राहतस्वरुप उपलब्ध गराएका हुन्।

राउतका अनुसार प्रतिपरिवार १० केजीका दरले चामल वितरण गरिएको छ। अन्य सामान पनि त्यही अनुसार उनीहरुलाई उपलब्ध गराइएको छ। ती मजदुरहरु लकडाउनका कारण काम गर्न नपाएपछि भोकभोकै रहन नदिन राहत दिइएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.