|

सिन्धुपाल्चोक : गुम्बा  गाविसमा रहेका दुई गाउँका दुई गाउँका युवाहरुबीच भएको ग्याङ फाइटमा एकको मृत्यु भएको छ। पुरानो रिसीबिका कारण पार्गपुर र बोल्देका स्थानीय युवाहरुबीच झडप भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा पार्गपुका पाङबहादुर तामाङ रहेका छन्। उनको उपचारको क्रममा मृत्यु भएको हो। झडपमा घाइते भएका दुईको काठमाडौं शिक्षण अस्पतालमा उपचार हुँदैछ। झडपमा संलग्‍न भएको आरोपमा ४ जना युवालाई पक्राउ गरेको एसपी रविन्द्र केसीले जानकारी दिए।

दुई गाउँका स्थानीयबीच पटक–पटक झडप हुने गरेको स्थानीय बताउँछन्। झडपको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.