|

मुगु : मुगु जिल्ला स्थित रारा राष्ट्रिय निकुन्जमा रहेको भिलेज हिरिटेज एण्ड रिर्सोटमामा आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको छ।

निकुन्जको कार्यालयभन्दा ५० मिटरको दूरीमा रहेको रिसोर्टमा शनिबार दिउँसो आगलागी भएको थियो। आगलागीबाट दुईतले भवनसहित भवनभित्र रहेका सामानहरु जलेको निकुन्ज कार्यालयका निमित्त निकुञ्ज संरक्षण अधिकृत यज्ञराज रोकायाले जानकारी दिए।

आगलागी भएलगत्तै रिसोर्ट नजिकै रहेको नेपाली सेनाको श्रीदल गुल्मका सेना र निकुञ्जका वन रक्षकहरुले आगो नियन्त्रणमा गर्न पुगेका थिए। आगलागी भएको करिब एक घण्टापछि आगो नियन्त्रणमा आए पनि भवन र सामानहरु जलेको उनले बताए।

राजु कार्कीले सञ्चालन गदै आएको उक्त रिसोर्टमा आगलागी हुँदा लाखौंको क्षति भएको प्रारम्भिक अनुमान छ। बिजुली सर्ट भएर रिसोर्टमा आगलागी भएको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.