|

पर्सा : वीरगन्ज महानगरपालिका १३ तेजारथ टोलमा रहेको मनकामना पाइप उद्योगको गोदाममा आगलागी भएको छ। आगलागीबाट उद्योगमा रहेको १० लाख बराबरको क्षति भएको छ। 

तयारी अवस्थाको पाइप र गोदाममा राखेको सामान जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको  छ। दिउँसो सवा एक बजेतिर लागेको आगो नियन्त्रणमा आइसकेको छ।  
विनय कुमार नेपालले सञ्चालन गरेको मनकामना पाइप उद्योगबाट उत्पादित पाइप राखेको गोदाममा एक्कासि लागेको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। 

आगोलाई वीरगन्ज महानगरपालिकाको २ बारुणयन्त्र स्थानीय सुरक्षाकर्मी लगायतले आधाघण्टा पछि नियन्त्रणमा लिएका वारुणयन्त्र शाखाका कर्मचारी शेरबहादुर कार्कीले बताए। आगो के कारणले लागेको हो भन्ने अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। समयमा आगो नियन्त्रणमा लिँदा बस्तीभित्र थप क्षति हुन भने पाएन। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.