|

दाङ : कोरोना भाइरस संक्रमणको शंकामा दाङमा ९५ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

बेलझुण्डीस्थ्ति कोरोना विशेष अस्पताल भर्ना भएका ७२ जनाको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २३ जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएका स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए। त्यसैगरी शनिवारसम्मको १२२ जनाको आरडिटी विधिबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगटिभ आएको उनले बताए। 

दाङमा कोरोना विशेष अस्पताल र क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको हो। दाङमा दुई स्थानमा आइसोलेसन सञ्चालनमा रहेका छन्। तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आइसोलेसनको व्यवस्थापन गरिएको हो। 

बेलझुण्डीमा रहेको अस्पतालमा भर्ना भएका सातजनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई शनिवार डिस्चार्ज गरिएको फोकन पर्सन चन्दले बताए। उनीहरुको बिहीबार स्वाब संकलन गरी परीक्षणका लागी नेपालगंज पठाइएको थियो। उनीहरुको रिपोर्ट शनिबार आएको हो।

कोरोना विशेष अस्पतालले कोरोना परीक्षणको लागी स्वाब यसअघि काठमाडौं, भैरहवा पठाउने गरेको भए पनि अहिले नेपालंगज पठाउँदै आएको छ। घोराहीमा रहेको प्रतिष्ठानमा पिसीआर विधिबाट परीक्षण शुरु भएता पनि रिपोर्ट ढिला आउने भएकाले कोरोना विशेष अस्पतालले स्वाब परीक्षण गर्न नेपालगञ्ज पठाउने गरेको फोकल पर्सन चन्दले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.