|

इलाम : पारिजात महिला क्लब सातौ पवित्रहाङ्मा महिला गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।

बाँझोस्थित माङ्सेबुङमा भएको खेलमा पारिजात महिला क्लब सालबारीले  खदम युथ क्लब केराबारी मोरङलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले हरायो। 

खेलको ४२ औ मिनेटमा कामना राईको गोलबाट अग्रता लिएको खदमले अग्रता जोगाउन सकेन। ५२ औ मिनेटमा मल्लिका मगरले पारिजातबाट बराबरी गोल फर्काइन्। त्यसपछि निर्धारित समयको खेल १-१ गोलको बराबरीमै टुंगियो। 

खेलको टाइब्रेकरमा पारिजात ५-४ ले विजयी भयो। पारिजातकी दिक्षा चौधरी वुमन अफ दि म्याच घोषित भइन्। उनले १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.