|

काठमाडौं : सांसदहरुले भारतले नेपाली भूमि अतिक्रमण गरिरहँदा चीनले पनि साथ दिएको बताएका छन्। आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन्। 

‘त्रिदेशीय केन्द्रबिन्दुका रुपमा रहेको नेपाली भूमि लिपुलेकबारे चीनलाई पनि पत्र पठाउनुपर्छ। नेपाली भूमिलाई लिएर भारतको प्रस्तावमा सहमति जनाएकाले चीनलाई हामीले सोध्न सक्नुपर्छ’, सांसद सरिता गिरीले भनिन्, ‘नेपाली भूमिबारे आफूखुसी सम्झौता र निर्णय गर्ने दुवै छिमेकीसँग नेपालले आफ्नो असन्तुष्टि राख्नुपर्छ।’

अर्का सांसद जनार्दन शर्माले नेपाली भूमि मिचिएको प्रकरणमा चीनलाई पनि सोध्नुपर्ने बताए। ‘हामीले चीनलाई पनि पत्र पठाउनुपर्छ। भारतको प्रस्तावमा चीनले सहमति गरेको छ’, उनले भने, ‘सरकारले विशेष पहलका साथ कूटनीतिक माध्यमबाटै समस्याको समाधान खोज्नुपर्छ।’ 

अर्का सांसद गगनकुमार थापाले भारतको दादागिरीलाई चीनले नि स्वागत गरेको बताए। ‘भारतले नेपालमा देखाएको दादागिरीमा चीनको न्यानो स्वागतको प्रतिरोध गर्न कांग्रेस तयार छ’, उनले भने, ‘तर सरकारले यसमा किन बलियोसँग खुट्टा टेकिरहेको छैन?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.