|

बारा : सञ्चारकर्मी पवन यादवमाथि आइतबार राति आक्रमण भएको छ। कलैयाबाट घर जाने क्रममा राति ८ बजे मानमत मटिअर्वा सडकअन्तर्गत कलैया उपमहानगरपालिका–१६ हनुमान मन्दिर अगाडि उनीमाथि आक्रमण भएको हो।

मोटरसाइकलमा घर जाँदै गरेका यादवलाई बाटो ढुकेर बसेका चारजना व्यक्तिले रोकेर आक्रमण गरेको पत्रकार शिवशंकर मिश्रले बताएका छन्। आक्रमणबाट उनको टाउकोमा चोट लागेको छ। उनको कलैयास्थित जिल्ला अस्पातमा उपचार गरिएको छ। उनको अवस्था सामान्य रहेको छ।

आक्रमण गर्नेको प्रहरीले खोजी सुरु गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पत्रकार यादब कलैयाबाट प्रकाशित हुने तराई मधेस दैनिक पत्रिकाका प्रकाशक हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.