|
तस्बिर : डिस्चार्जपछि सामूहिक फाेटाे खिचाउँदै युवक

बुटवल : वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीका पहिलो संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ। 

पछिल्लो २ पटक गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। रुपन्देहीको कोटहीमाई गाउँपालिका १ का २५ वर्षका युवक वैशाख १९ गतेदेखि बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा उपचाररत थिए। 

गत शुक्रबार र सोमबारको रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार नै डिस्चार्ज गरिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए। 

संक्रमित वैशाख ५ गते नेपाल–भारत सीमाबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए। अस्पतालबाट डिस्चार्ज भएपछि पनि उनले एक हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्ने अस्पतालले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.