थाहा संवाद

‘अब कालापानी मात्र होइन, नालापानी पनि चाहिन्छ’

कोही पनि कमजोर नालायक छिमेकीको पक्षमा हुँदैन

बैशाख ३१, २०७७

    सन् १८१६ मा नेपाललाई अन्यायमा पार्ने गरी भएको सुगौली सन्धिमा गुमेको भूमि फिर्ता लिने अभियान चलाएको धेरै लामो समय भइसकेको छ।  सुगौली सन्धिमा गुमेको भूमि फिर्ता पाउनुपर्ने अडानसहित एकजना व्यक्ति निरन्तर कराएको वर्षौं भइसकेको छ। यस अभियानका क्रममा उनले कयौँ पटक प्रहरी हिरासतको बास बस्‍नुपरेको छ। ग्रेटर नेपालका अभियान्ता उनी नेपालले गुमाएको भूमि फिर्ता पाउनुपर्ने भन्दै संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषदको बैठकमा गैरसरकारी प्रतिनिधिका रुपमा भाग लिएर आवाज उठाए। 

    तर उनी नेपालमा ग्रेटर अभियान चलाउने एक्ला वृहस्पति जस्तै छन्। उनको यो आवाजलाई न ठूला दलले ध्यान दिएका छन् न त राज्यले संस्थागत गरेर उठाउन चासो दिएको छ। तर पनि उनी थाकेका छैनन्, निन्तर नेपालले गुमाएको नालापानीसम्मको भूभाग फिर्ता पाउनुपर्ने आवाज उठाइरहेका छन्। पछिल्लो समय नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत भारतले हडपिरहेको छ। बलभद्र कुँवरले युद्ध गरेको नालापानी किल्ला त धेरै पर भयो। तर भारत अहिले नेपाली भूमि हडप्दै कालापानी आइपुगेको छ। भारतले भूमि मिच्दै गएपछि नेपाल सरकारले उसलाई फिर्ता हुन दबाब बढाउँदैछ।

    यस्तोमा भारतले नेपालको लिपुलेक क्षेत्र मिचेर गरेको सडक निर्माण, नेपालको सीमा क्षेत्रमा भएका अतिक्रमण र नेपाल-भारत सीमा व्यवस्थापनबारे ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अभियानकर्ता फणिन्द्र नेपालसँग थाहाखबरका धीरज कुमारले गरेको कुराकानीको सम्पादित अंश : 

    भारतले मिचेका नेपाली भूमि जाेगाउनुकाे साटाे तपाईंले उठाउनुभएको ग्रेटर नेपालको विषय अहिले कत्तिको समयानुकूल छ? 

    जमिनको मुद्दा हजार वर्ष पुरानो भए पनि अन्तर्राष्ट्रिय कानुनअनुसार प्रमाण पुगे फिर्ता हुन्छ। भारतले गोवा मेरो हो भनेर फिर्ता लिन मिल्ने, बेलायतको उपनिवेश हङकङ पनि चीनले फिर्ता लिन मिल्ने अनि हामीले उठाको माग चै कसरी नाजायज भयो त? हामीले सुगौली सन्धि गरेर बेलायतलाई दिएको जमिन भारतबाट किन लिन नमिल्ने? म कानुनी प्रावधान हेरेर अघि बढेको हुँ। सन्धिका कुरा हेरेर अघि बढेको हुँ। 

    नेपालकै अतिक्रमित सीमा बचाउन नसक्दा तपाईं ग्रेटर नेपालको सपना देख्नुहुन्छ। सम्भव छ र यो? 

    हामीलाई हाम्रो जमिन चाहिन्छ भनेका छन्। पर्साको छपकैयामा पनि पनि यस्तै कुरा गरे। तराईमा बसेका नेता बोल्नु पर्ने हो यो कुरा । किनभने सिमानामा बस्ने जनताका दुख धेरै छन् । तर बोलिदिने कोही छैन । त्यहाँका नेताले भन्दा म काठमाडौंमा बसेर सीमाका जनताका बारेमा म बोलिरहेको छु। 

    म त सय प्रतिशत सफल देख्छु। इस्ट इन्डिया कम्पनीले भारत र त्यस वरपरका सबैजसो देश अधीनमा लिइरहेको थियो। त्यसअन्तर्गत बंगलादेश, पाकिस्तान, श्रीलंका, म्यानमारसम्म इन्डिया भनेर शासन गरेको थियो। १९४७ मा र १९४८ मा ती भूभाग छुट्टाछुट्टै देश बने। त्यस सन्दर्भमा हाम्रो जमिन पनि स्वतन्त्र भएको हो। नगरुन्जेल सबै कुरा असम्भव नै लाग्छ। भनेपछि यो विषय त हामीले नउठाएको भए निस्कने थिएन। किन अहिले यो विषयले यति ठूलो रुप लियो ? अब हामीलाई कालापानी मात्र होइन, नालापानी पनि चाहिन्छ । यो अब नाटकीय रुपमा भूभाग फिर्ता हुन्छ। हामीले अरुको भूमि खोजेको होइन आफ्नै हक लाग्ने जमिन फिर्ता खोजी रहेका छौं।

    सीमाको कुरा मात्र उठाएर हुन्छ कि त्यहाँको नागरिकको अवस्थाबारे पनि सोच्नुपर्ने हुन्छ? 

    बाराको बड्केफुलरिया जुन नेपाल–भारतल सीमामा पर्छ। त्यहाँ १४ जना पत्रकार लिएर जाने मै हुँ। मैले त्यहाँका नेपालीसँग कुरा गर्दा उनीहरुले इन्डियाले दिएको प्रलोभन छाडेर हामी त नेपाली हो भनी स्पष्ट रुपमा भनेका छन्। हामीलाई हाम्रो जमिन चाहिन्छ भनेका छन्। पर्साको छपकैयामा पनि पनि यस्तै कुरा गरे। तराईमा बसेका नेता बोल्नु पर्ने हो यो कुरा । किनभने सिमानामा बस्ने जनताका दुख धेरै छन् । तर बोलिदिने कोही छैन । त्यहाँका नेताले भन्दा म काठमाडौंमा बसेर सीमाका जनताका बारेमा म बोलिरहेको छु। 

    भनेपछि तराईकेन्द्रित दलहरु नै यो मधेसप्रति बफादार छैनन् भन्न खोज्नु भएको हो? 

    मैले अझै पनि यो मधेसमा सीमा मिचिएको विषय उठाइरहेको छु। मधेशकेन्द्रित दलहरु भन्दा त बरु मैले यो विषय उठाएको छु। मैले बरु यो विषयमा पटकपटक आवाज उठाएको छु। मधेसमा सीमा मिचिँदा मलाई दुख्छ । 

    तर किन सुन्दैनन् नेपालका शासकले? किन यो विषय उठाउँदैनन् त? 

    उतै(भारत)बाट चलेका मिडिया र शासकले यो विषय उठाउनै सक्दैनन्। सरकार र बहुराष्ट्रिय कम्पनीले त हामीलाई ‘एन्टी इन्डियन’ देख्छन्। उनीहरुले यो विषयलाई उठाउँछन् भनेर कसरी पत्याउने? जो उतैको पैसाबाट चलिरहेका छन्।   

    तर तपाईं यो अभियान र मोर्चामा एक्लैजस्तो देखिनुएको छ नि? 

    मेरा पछाडि एक करोड युवा छन्। अधिकांश देशभक्त नेपाली छन । तर ती असंगठित छन्। हाम्रा फलोवर थुप्रै छन्। मैले संगठन बनाएको छैन। संगठन बढाएर अघि बढ्ने सुरमा छु। 

    चीनसँगको सम्झौतामा नै भारतले लिपुलेकमा सडक बनाएको हो। त्यो बेला चै तपाईंहरुको आवाज किन दमदार सुनिएन त? 

    २०१५ को मे १५ मा लिपुलेकमा सडक बनाउने सम्झौता भएको होइन नि त। यो त सन् २००५ मै बजेट विनियोजन गरेर २००८ देखि काम सुरु भइसकेको थियो। तर म त राज्य होइन। म त व्यक्ति हुँ। हामीले दुवै देश (चीन र भारत) लाई सडक निर्माणको विरोधस्वरुप ज्ञापनपत्र बुझाएका थियौं। तर मलाई र हाम्रो मोर्चालाई च्यानलबाट आउनुस् भनियो। अर्थात् राष्ट्रको तर्फबाट आउन भनियो। अनि कसरी हामीले त्यसो गर्न सक्छौं त? यहाँ राज्यलाई नै भारतले भूमि मिचेको थाहा छैन। 

    तपाईं संयुक्त राष्ट्र संघमा पनि मुद्दा उठाइसकेको मान्छे। तर तपाईंहरुको यो मागलाई नेपालका सरकारले नै गम्भीरतापूर्वक नउठाएनन् नि? 

    हामी त गुमेको नेपाली भूभागमा बसेका नेपाली दाजुभाइ मार्न चाहँदैनौं नि। म मूर्ख हो र? म यो विषयलाई अन्तर्राष्ट्रियकरण गरिहेको छु। इन्डियालाई अफ्ठ्यारोमा पार्न चाहिरहेको छु म। अनि फेरि गुमेको नेपाल फिर्ता ल्याउन प्रयास नै नगर्ने त? कहाँ सकिन्छ र भनेर पन्छिने? मलाई प्रलोभन दिएर यो विषय छोड्नुस पनि भनिएको थियो। 

    २००७ सालदेखिका तमाम सरकार भारतपरस्त भए। नेपालमा गठन भएका सबै सरकार भारतले बनाउँछन्। हरेक पटक भारतले नेपालका नेताहरुलाई प्रलोभन दिएर सरकार बनाउँछ। अनि हाम्रो कुरा किन सरकारले सुन्छ त?  

    भनेपछि तपाईंहरुको माग नेपालका सरकारहरुले दबाए? 

    होइन। दबाएको भए म किन संयुक्त राष्ट्र संघमा पुग्थें? दबाउन त सक्दै सक्दैनन्। हाम्रो आवाज सुनिएन। छायामा पार्न खोजियो। 

    भिडियो

    नेपालसँग भएका पुराना सन्धि र सम्झौता सबै खारेज भए पनि गुमेका भूभाग सजिलै फर्किन्छ त? 

    भात खान त सजिलो छैन। यो झन् गम्भीर विषय हो। यसका प्रक्रियाहरु छन्। भारत यतिमै कहाँ चुप लाग्छ र ? भारतले नेपालको भूभाग सन्धिअनुसार सजिलै छाड्दैन। यसपछि पनि फेरि भारतले गेम खेल्छ। यो उसको छिमेकी प्रति प्रस्तुत हुने स्वाभाव हो ।

    भारतले सजिलै नेपाली भूमि फर्काइदिए पनि ती भूभागमा बसेका समुदाय नेपालकै भूमि मान्‍न तयार छन् त र? भूमि मात्र फर्काएर हुन्छ  ? 

    भारतको गोर्खाल्यान्ड माग गर्दा धेरै नेपाली मारिए। त्यहाँ छुट्टै देश मागिएको थिएन। त्यै पनि त्यस्तो अवस्था आयो। तर यहाँ त छुट्टै देशसँगको कुरा छ। यस्तो अवस्थामा झन् ठूलो संघर्ष हुन्छ। हामी त गुमेको नेपाली भूभागमा बसेका नेपाली दाजुभाइ मार्न चाहँदैनौं नि। म मूर्ख हो र? म यो विषयलाई अन्तर्राष्ट्रियकरण गरिहेको छु। इन्डियालाई अफ्ठ्यारोमा पार्न चाहिरहेको छु म। अनि फेरि गुमेको नेपाल फिर्ता ल्याउन प्रयास नै नगर्ने त? कहाँ सकिन्छ र भनेर पन्छिने? मलाई प्रलोभन दिएर यो विषय छोड्नुस पनि भनिएको थियो। 

    प्रलोभनमा पारे भन्ने सुनियो। तर तपाईंले उठाएको मुद्दा नै कतै सुनिँदैन भने यो खालको प्रलोभन दिनुभो भन्ने कसरी पत्याउने? 

    विचार ठूलो कुरो हो। १० करोड त के हो र? म २०/२२ वर्षदेखि ग्रेटर नेपालको अभियानमा छु। तर यो व्यवहारिक होइन कसरी भन्न सक्छु? किन दिइयो त्यो ‘अफर’? यो त विचार गर्नुपर्ने कुरा होइन र? 

    भारत र नेपाल सरकारलाई कालोझण्डा देखाएर मात्र समस्या समाधान हुन्छ? तपाईंको मार्फतबाट पनि केही पहल भए त? 

    हामी संगठन विस्तार गर्दै जाने, अन्तर्राष्ट्रिय मञ्चमा यो विषयलाई उठाउँदै जाने गर्छौं। यस्तो खालको सरकारले केही हुँदैन। भोलि यस्तो अवस्था आउँछ, जसले ग्रेटर नेपालको मुद्दा उठाउँछ त्यही राष्ट्रवादी हुन्छ। नाटकीय रुपमा यो अवस्था आउँछ। भोलि नालापानी होइन कालापानी नै चाहिन्छ भन्ने दिन आयो भने के भारतले ती सबै नेपाली मार्न सक्छ? 

    यो विवाद सुल्झाउन त्यस्तै खालको सरकार चाहिन्छ, जसले भारतसँग टेबलमा बसेर आँखामा आँखा जुधाएर वार्तामा जान सकोस्। टाउको निहुराएर मेरो छोरालाई स्कलरसिप दिनुस् भन्ने खालको सरकार आउन्जेल त यो सुल्झिँदैन। मैले धेरै पटक भनिसकें यसमा सरकारको त ध्यान गएन। अरुको झन् के जाओस्?

    विगत र अहिलेका सरकारले फिर्ता ल्याउन नसकेका ती भूभाग आउँदो पुस्ताले ल्याउन सक्छन् त? 

    नेपालका सरकार २००७ सालदेखि इन्डियाका दास सरह मात्र भए । यिनीहरु त भारतविरोधी भावना नेपालमा नउठोस् भनेर मात्र बसिरहेका छन्। मैले अघि पनि भनें कि परिवर्तन नाटकीय रुपमा हुन्छ। १९९० मा त्यति ठूलो सोभियत संघ विघटन हुन्छ भनेर कसले अनुमान गरेको थियो त? 

    भनेपछि तपाईं क्षणभरको परिवर्तनको पर्खाइमा हुनुहुन्छ? 

    म देख्छु। भोलि यस्तो अवस्था आउँछ, युवाहरुमा चेतना फैलिन्छ। युवाहरुबाटै यो सम्भव देख्छु म। ग्रेटर नेपाललाई विश्वास गर्ने दिन आउँछ। हामीले केही गर्छाैं भनेर विश्वास गर्ने दिन पनि त आउँछ नि। यो सम्भावना छैन र? 

    सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गरेर मात्र यो विषय हल हुन्छजस्तो लाग्छ तपाईंलाई? 

    मैले भन्न खोजेको हतियार लुकाएर लडाईं हुँदैन। भारतलाई विस्तारै कमजोर बनाउँदै जानुपर्छ। जस्तो भारतको काश्मिर क्षेत्रमा नेपाली सेनाले पहरा नदिने हो भने अहिल्यै पाकिस्तानले त्यो भूमि २४ घन्टामै हत्याउन सक्छ। मेरो भनाइ के हो भने भारतले नेपालमाथि थिचोमिचो गरिरहँदा कतिन्जेल सहने ? हामी थिचोमिचो गर्ने इण्डिया कमजोर  पार्न चाहन्छौं । सहृदयी भारत सबल देख्न चाहन्छौं । 

    दक्षिण नेपालको सीमा व्यवस्थापन र कालापानी क्षेत्रको विवाद सुल्झाउन तत्काल गरिनुपर्ने कदम के हुन सक्छन्? 

    यो विवाद सुल्झाउन त्यस्तै खालको सरकार चाहिन्छ, जसले भारतसँग टेबलमा बसेर आँखामा आँखा जुधाएर वार्तामा जान सकोस्। टाउको निहुराएर मेरो छोरालाई स्कलरसिप दिनुस् भन्ने खालको सरकार आउन्जेल त यो सुल्झिँदैन। मैले धेरै पटक भनिसकें यसमा सरकारको त ध्यान गएन। अरुको झन् के जाओस्? कोही पनि कमजोर नालायक छिमेकीको पक्षमा हुँदैन। म पनि लायक समझदार र मिलनसार छिमेकीको पक्षमा छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]