|

रुकुम : पछिल्लो समय रुकुमका दुर्गम गाविसका विद्यालयहरुमा पनि कम्प्युर शिक्षा सञ्चालन भैरहेको छ। डिजिटल साक्षरता अभियान कार्यक्रम अन्र्तगत दुर्गम गाउँका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले कम्प्युटर शिक्षा सिकिरहेका हुन्।

रुकुमका सवै विद्यालयमा कम्प्युटर शिक्षा दिने उद्देश्यले डिजिटल साक्षरता अभियान सञ्चालन स्वरुप कम्प्युटर प्रदान गरिएको हो।जसमा पूर्वी रुकुमका कोल, रांङ्सी, तकसेरा, हुकाम, मैकोट लगायतका १० वटा विद्यालय छन्।

‘युनाइटेड मिसन टु नेपाल’ रुकुमको आर्थिक सहयोगमा मिक नेपाल रुकुमले १० वटा विद्यालयहरुलाई प्रतिविद्यालय २० थान कम्प्युटर यसअघि नै प्रदान गरेको थियो। विद्युत उपलब्ध भएका ठाउँमा विद्युतबाट र नभएका ठाउँमा सोलारमार्फत कम्प्युर शिक्षा प्रदान भैरहेको छ।

यसअघि सदरमुकाम खलंगामा कम्प्युटर सिक्न आउने गरेका विद्यार्थीहरु गाउँमै कम्प्युर सिक्न पाएपछि दंग भएका पर्बत मावि कोलका प्रध्यानध्यापक दिलमान पुनमगरले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.