|

इलाम : जिल्लाको दानाबारी–५ मा एक अपाङ्ग युवती शुक्रबार बलात्कृत भएकी छिन्। शुक्रबार बिहान ३ बजेको समयमा विवाहबाट फर्कदै गरेकी २५ वर्षिया युवतीलाई स्थानीय ३६ वर्षिय यामबहादुर मगरले करणी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रहरीका अनुसार करणी गर्दै गर्दा ति युवतीका बाबुले देखेपछि आरोपित मगर भागेका थिए। बलात्कृत महिलाको आज जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरी आरोपित मगरमाथि जबरजस्ती करणीको मुद्धा दर्ता गरिएको प्रहरी नायब उपरिक्षक महेन्द्र श्रेष्ठले बताए । पिडित महिलाका परिवारले दोषी यामबहादुर मगरलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.