|

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दाबी दक्षिण कोरियाले गरेको छ। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेपछि उत्तर कोरियाले पहिलो पटक मिसाइल परीक्षण गरेको दाबी दक्षिणले गरेको हो।

दक्षिण कोरियाका अधिकारीहरुले शनिबार स्थानीय समयअनुसार साँझ ७ बजेर ५५ मिनट जाँदा जापानी सागरतर्फ उक्त मिसाइल परीक्षण गरिएको दाबी गरेका छन्। यसबारे थप जनकारी उपलब्ध नरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उत्तर कोरियाले गरिरहेको मिसाइल तथा आणविक परीक्षणका कारण कोरियाली प्रायद्विपमा तनाव बढ्दै गएको छ। गएको हप्ता दक्षिण कोरिया भ्रमणका क्रममा अमेरिकी रक्षा मन्त्री जेम्स म्याट्टिसले उत्तर कोरियाले आणविक हतियार प्रयोग गरेमा त्यसको गतिलो जवाफ दिइने बताएका छन्।

गएको जनवरीमा उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश आणविक हतियारसहितको लामो दूरीमा मार हान्न सक्ने मिसाइल परीक्षणको तयारीमा रहेको बताएका थिए।

उत्तर कोरियाले गएको वर्ष पाँचौं आणविक परीक्षण गर्दै आफू अमेरिकासम्म मार हान्न सक्षम रहेको दाबी गरेको थियो। तर अमेरिकाले भने आणविक युद्ध भएमा उत्तरकोरिया पराजित हुने बताउँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.