तनहुँ

  • चितुवाको आक्रमणबाट बालकको मृत्यु

    तनहुँ : चितुवाको आक्रमणबाट आठ वर्षीय बालकको मृत्यु भएको छ। व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरका छोरा अभिनमको मृत्यु भएको हो ।  मंगलबार साँझ घरदेखि तल रहेको गोठको ढोकामा बसिरहेको अवस्थामा उनलाई चितुवाले तानेर लगेको प्रहरील...

  • पल शाहले कारागारमै लगाए भाइटीका

    तनहुँ: कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन्। यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष ६ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताए।  शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दि...

  • गठबन्धन रहर होइन, बाध्यता हो : रामचन्द्र पौडेल

    दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गर्नुपरेको बताएका छन्।  तनहुँको व्यास नगरपालिका २ मा शुक्रबार आयोजित कार्यक्रममा उनले गठबन्धनलाई दिगोरूपमा अगाडि लगे मात्र संविधानको ...

  • प्रजातन्त्रको स्थायित्व र सुशासन कायम राख्न आवश्यक : वरिष्ठ नेता पौडेल

    तनहुँ :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा प्रजातन्त्रको स्थायित्व र सुशासन कायम राख्न आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र व्यास नगरसमितिद्वारा यहाँ आयोजित अन्तक्रियामा वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई खतरामा पार्ने खेल भ...

  • पहिरोले पाइप बगाउँदा १८० घरधुरीमा खानेपानी समस्या

    तनहुँ : अविरल वर्षाका कारण तनहुँका १८० घरधुरीका करिब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ। व्यास नगरपालिका–७ ब्रिफ नरंगाफाँट खानेपानी उपभोक्ता समितिले वितरण गर्दै आएको पाइप पहिराले क्षति बनाएपछि दुई दिनदेखि खानेपानी सेवा बन्द भएको हो। बाढी...

  • दुई स्थानमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

    तनहुँ : बुधबार साँझदेखिको वर्षाका कारण तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।  आज बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका प्र...

  • नवौँ राष्ट्रिय खेलकुद : तनहुँमा हुने भयो महिला बास्केटबल

    पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबल प्रतियोगिता तनहुँमा हुने भएको छ।  राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको खेल स्थल तालिकामा तनहुँ जिल्ला अटेको थिएन। तर तनहुँवासीले महिला बास्केटबल खेल तनहुँ ज...

  • हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

    तनहुँ : म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ। पछिल्लोसमय गाउँपालिकामा हाते ट्याक्टरको प्रयोगले गोरुपालनलाई  विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई  गोरुपालनम...

  • साहसी आमा, जसले चितुवाको मुखबाट छोरा खोसिन्

    तनहुँ : बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ।  साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई आक्रमण गरेर घाइते बनाएपछि चितुवाले ब...

  • नवौं राष्ट्रिय खेलकुद : तनहुँमा भदौ ९ देखि खेलाडी छनोट

    दमौली : गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले यही भदौ ९ गतेदेखि जिल्लास्तरीय खेलाडी छनोट गर्ने भएको छ।  जिल्लाका विभिन्न ठाउँमा खेल सञ्चालन गरी प्रतियोगिताका लागि खेलाडी छनोट गर्नेसमितिका अध्यक्ष अनिल...

  • माछा मार्ने क्रममा करेन्ट लागेर बाबुछोराको मृत्यु, आमा घाइते

    तनहुँ : शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ। आमा घाइते भएकी छिन् ।  पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा क...

  • तनहुँ जिल्ला अदालतमा एक वर्षमा ९३७ सम्बन्धविच्छेदका मुद्दा

    तनहुँ : जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता भएको छ। आर्थिक वर्ष ०७८\७९ मा अदालतमा सम्बन्धविच्छेदका ९३७ मुद्दा दर्ता भएको हो ।  कुल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको मात्रै रहेको अदाललते जनाएको छ। अदालतले सो वर्ष ६८६ सम्बन्धविच्छेदका म...

  • दमौली अस्पतालमा भेटिए डेंगुका सात बिरामी

    तनहुँ : जिल्ला सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेंगुको लक्षण भेटिएको छ। अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेंगुका बिरामी भेटिएका हुन् ।  पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेका वेला डेंगुका बिरामी पनि देखिएको द...

  • पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

    दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। गएराति परेको पानीका कारण बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले सडकम...

  • पहिरोले पृथ्वी राजमार्गको जामुने–खैरेनी सडक अवरुद्ध

    तनहुँ : पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध भएको छ।  शुक्रबार रातिदेखि परेको वर्षाले शनिवार बिहान पहिरो खसेपछिसडक अवरुद्ध भएको हो। प्रहरी नायब उपरीक्षक युवराज खड्काले सडक माथिबाट ...

  • वैदेशिक रोजगारीमा ठगिएकालाई दुई करोड चार लाख क्षतिपूर्ति

    काठमाडौं : सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँद्वारा वैदेशिक रोजगारीमा क्रममा ठगिएकालाई दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ।  आव ०७७÷७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई (साम...

  • चुँदीखोलामा डुबेर दुई जनाको मृत्यु

    तनहुँ : भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ। आइतबार दिउँसो चुँदी खोलामा पौडी खेल्ने क्रममा उनीहरूको ज्यान गएको हो।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार भानु नगरपालिका–२ का ३५ वर्...

  • आँबुखैरेनी–मुग्लिन खण्डमा केही दिन ठूला सवारी साधन नचल्ने

    तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा केही दिन ठूला सवारी साधन नचल्ने भएका छन्। आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकालेठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।  प्रहरी नायब उपरीक्षक युवराज खड्काले साना सवा...

  • आँबुखैरेनीमा पहिरो : दुई पुरुषको शव भेटियो

    तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भत्किएको स्थानमा दुई पुरुषको शव फेला परेको छ।  जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले सडक भत्किएको मर्स्याङ्दी नदी किनारमा दुई शव फेला परेको ज...

  • तनहुँको आँबुखैरेनीमा पहिरोले सडक भत्कियो, यातायात अवरुद्ध

    तनहुँ  : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक सडक भत्किँदा सवारी आवागमन अवरुद्ध भएको छ।  रातिदेखिको वर्षाका कारण सडकको एक भाग भत्किएको हो। करिब २० मिटर सडक भत्किएको प्रहरीले जनाएको छ।  सडक तलब...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]