बिहीबारसम्म १ लाख ५८ हजार भन्दा बढीले लगाए

|

 काठमाडौं : सरकारले कोरोनाविरुद्धको पहिलो चरणको खोप शनिबारसम्म लगाउने भएको छ। खोप लगाउन बाँकी 'आइमयु'मा दर्ता गर्न पनि आग्रह गरेको छ।

खोप लगाउन दुई दिन बाँकी रहँदा नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाणपत्र र फोटोसहित परिचयपत्र लिएर गएका व्यक्तिलाई सम्बन्धित खोप केन्द्रले खोप लगाइदिन स्वास्थ तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।

बिहीबार सम्म देशभर ७७ जिल्लाको २ सय १ खोप केन्द्रबाट १ लाख ५८ हजार ४ सय ८७ जनाले खोप लगाएका छन्। प्रदेश १ मा २१ हजार ७ सय ५४, प्रदेश २ मा २१ हजार १ सय ८५, बागमतीमा ५५ हजार ५ सय ४,गण्डकीमा १७ हजार २ सय ६७,लुम्बिनीमा २३ हजार ७ सय ९८,कर्णालीमा ८ हजार ७२ र सुदूरपश्चिममा १० हजार ९ सय ७ ले खोप लगाइसकेका छन्।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिनेलाई १० दिनभित्र लगाइसक्ने सरकारको योजना छ। पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, कैदीबन्दी र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने भएको हो। भारतको सिरम इन्स्टिच्युटबाट निर्मित ‘कोभिसिल्ड’ खोप गत १४ गते देखि लगाउन सुरु गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.