|

सल्यान : सल्यानमा सोलारको ब्याट्री पड्किदा दुई घर जलेर नष्ट भएका छन्। जिल्लाको दार्मा गाउँपालिका–३ मगरखोलाका चन्द्र बहादुर रोकाहा र दुर्गा बहादुर रोकाहाको घर जलेर नष्ट भएको हो।

 सोमबार बिहान ११ बजेतिर चन्द्र बहादुरको घरमा रहेको सोलारको ब्याट्री पड्किएको इलाका प्रहरी कार्यालय दार्माले जनाएको छ। आगलागीबाट दुवै घर तथा घरमा रहेको खाद्यान्न, लुगाकपडा, नगद, गरगहना गरी ३५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दार्मा इन्चार्ज तेज बहादु बुढाले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.