|

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकले संसद विघटनलाई असंवैधानिक, निरंकुश र प्रतिगामी कदम भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको हो। तर कोरोना महामारीलाई अनदेखा गरेर कुनै पनि कार्यक्रम नगर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

संसद विघटन र मध्यावधि निर्वाचन घोषणाबारे समान धारणा बनाउन शनिबार विहान नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बसेको थियो।

उक्त बैठकले पनि संसद विघटनलाई असंवैधानिक भन्दै राजनीतिक तथा कानूनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.