|

काठमाडौं : चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप अनुदानमा दिने भएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलब्ध गराउन आग्रह गर्दै टेलिफोन गरेपछि चिनियाँ समकक्षी सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन्।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ राष्ट्रपतिले खोप सहयोग गर्ने घोषणा गरेको पुष्टि गरेकी हुन्। 

यसअघि चीनले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.