|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० देखि सुरु हुने भएको छ। त्रिविले सूचना प्रकाशन गरेर वार्षिक परीक्षा प्रणालीअन्तर्गतको ​तीन र चार वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा सञ्चालन हुने जनाएको छ।

तीन वर्षे मानविकी शंकायको वार्षिक परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने भएको छ। तालिका अनुसार  साउन २८ गते परीक्षा सकिने छ। त्यस्तै, चार वर्षे बिएको पनि १० गतेदेखि परीक्षा सुरु भई २९ गते सकिने छ। त्रिविले चार वर्षे शिक्षा संकायको पनि परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा साउन १० गतेदेखि सुरु भई २५ गते सकिने छ।

चार वर्षे तथा तीन वर्षेको बिबिएसको परीक्षा साउन ११ गतेदेखि सञ्चालन हुने छ। सबै परीक्षा भौतिक उपस्थितिमै सञ्चालन हुने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। उनले भने‚ ‘स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी परीक्षा सञ्चालन हुन्छ।’ 

हेर्नुहोस् परीक्षा तालिका

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.