|

अफ्रिकी देश मडागास्करका एक मन्त्रीले आफू चढेको हेलिकप्टर दुर्घटना भएर समुद्रमा खसेपछि १२ घण्टासम्म पौडिएर किनारमा पुगेको बताएका छन्।

उद्धार अभियानमा गएको हेलिकप्टर नै दुर्घटनामा परेको थियो। उद्धारकै क्रममा उनी चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो।

पौडिएर किनारामा आएका मन्त्री सर्गी गेलीले आफ्नो अहिले मर्ने समय नआएको उल्लेख गरेका छन्।

हेलिकप्टरमा उनीसँगै उद्धारमा गएका अन्य दुई सुरक्षा अधिकारी पनि सुरक्षित छन्।

यो उद्धार टोलीले देशको उत्तरपूर्वी क्षेत्रमा उद्धार गरिरहेको थियो। जहाँ यात्रुवाहक पानीजहाज डुबेको द गार्डियनले जनाएको छ।

उक्त जहाज डुब्दा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.