|

काठमाडौं : जुम्लाको तातोपानी गाउँपालिका–८ टोप्लाकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ। 

यही माघ २० गतेदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको मृत्यु भएको स्थानीय देवीलाल शाहीले जानकारी दिए। उनकाअनुसार गाउँकै पाटनमा सेतक चिनी संकलन गर्न गएको बेला उनको मृत्यु भएको हो।  

गाउँ फर्केर नआएपछि खोजीगर्दा जैकुवाँरालाई पाटनको जंगलमा मृतावस्थामा भेटिएको देवीलालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.