'महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयर बनाउने विचार छ'

|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी रेनु दाहालले भरतपुर महानगरपालिकामा गरेको कामको खुलेर प्रशंसा गरेका छन्। 

बुधबार भरतपुरको आँपटारीमा भूमिहीनलाई लालपूर्जा बाँड्दै प्रचण्डले आफू चितवनमा रेनुको बुवाको रूपमा चिनिन थालेको समेत बताए ।

‘युद्ध कालदेखि राजनीतिमा रेनुको आफ्नै त्याग–तपस्या थियो तर, २०७४ सालको चुनावमा रेनु चितवन आउँदा उनको परिचय प्रचण्डको छोरी भन्ने थियो ।’ प्रचण्डले भने, अहिले आउँदा प्रचण्डको छोरी होइन रेनुको बुबा प्रचण्ड भएको छ।’ 

उनले महिलाहरूले चाहेमा धेरै गर्न सक्छन् भन्ने पुष्टि भएको भन्दै आउने स्थानीय चुनावमा धेरै ठाउँमा महिलालाई पालिका प्रमुख बनाउने विचार गरेको बताए। 

‘शशीजी (शशी श्रेष्ठ) को इच्छाशक्ति र दृढता देखेर तपाईंले सक्नुहुन्छ भनेर भूमि व्यवस्था मन्त्री बनाएको थिएँ । अहिले उहाँले काम गरेर देखाउनुभयो। उर्जामन्त्री पम्फा (पम्फा भुसाल) लाई बनाइयो। उहाँले २० युनिट बिजुली निःशुल्क गरिदिनुभयो, लाखौं ग्राहक लाभान्वित भएका छन्’,प्रचण्डले भने ‘महिलाले अग्रसरता लिएको ठाउँमा सफलता, इमानदारिता र सुशासन तुलनात्मक रुपमा बढी देखिएको छ। त्यसैले महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयर बनाउने विचार छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.