|

काठमाडौं :  साताको दोस्रो दिनको कारोबारमा मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ।

सोमबार ४४.५६ अंकले घटेको मंगलबार पनि नेप्से परिसूचक ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.७६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक घटेको छ।

मंगलबार कारोबारमा आएका २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता सेयर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम गिरावट आएको छ। सोमबार २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३  उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको सूचक बढेको छ। होटल तथा पर्यटन उपसमूहको सूचक ०.१० प्रतिशतले बढेको छ। त्यस्तै अन्य उपसमूहको सूचक सबैभन्दा बढी २.३२ प्रतिशतले घटेको छ। मंगलबार नेप्से सूचक ओरालो लागे पनि नेष्डो लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक देखिएको छ।

नेष्डो समृद्ध लघुवित्त सेयरमूल्य १० प्रतिशतले बढेको छ। इमर्जिङ नेपाल, यादी हाइड्रोपावर, घलेम्दी हाइड्रो, राष्ट्र उत्थान लघुवित्त र हिमाल दोलखा हाइड्रोपावर सेयर मूल्य गिरावट आएको छ। कारोबार रकमका आधारमा ५ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। त्यस्तै दोस्रोमा नबिल बैंकको ४ करोड ३४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.