|

बारेकोट (जाजरकोट) : सत्तारुढ राजनीतिक दलका नेताहरु गाउँ , गाउँमा अन्योलका बीचमा टिकट कसले पाउँछ भन्दै छलफल गरिरहेका छन्। मतदाताहरु बिहानैदेखि बेलुकीसम्म खेतबारीमा ब्यस्त भइरहँदा जिल्ला, पालिकास्तरका नेताहरुमा अन्यौलता सिर्जना भएको छ।

सुरुमा व्यापक चुनावको तयारी थाले पनि गठबन्धन भएका दलहरु प्रचारप्रसारको काम अहिले ठप्प भएको छ। यता, प्रतिपक्ष नेकपा एमाले र कांग्रेसका जनप्रतिनिधिहरुले राजीनामासमेत दिन थालेका छन्।

अहिले गहुँलगायत अन्य तरकारीबाली खेतबारीमा पकेका कारण कृषकहरु काममा व्यस्त रहेका छन्।

उता नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु चुनावी प्रचार आक्रामक बनाएका छन्। सबै पालिकामा उम्मेदवार टुंगो लगाइसकेका कारण चुनावी प्रचारमा लागेका हुन्।

सत्तारुढ गठबन्धन भने अहिले सम्मा कुनै कुराको जानकारी नहुँदा अन्योलमा रहेको बारेकोट गाउँपालिका जाजरकोटका इन्चार्ज तिलक रावतले बताए।

कर्णाली प्रदेशका सबै ठाउँमा गठबन्धनको भागबण्डा लागि सहमति जुटाउन नसक्दा अन्योलता छाएको हो। छलफल जारी रहेको तर निकास भने ननिस्केको कर्णाली प्रदेशका नेकपा (माओवादी केन्द्र) का इन्चार्ज कालीबहादुर मल्लले बताए।

त्यस्तै, कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाही, भेरी नगरपालिका नगरप्रमुख चन्द्रप्रकाश घर्ती र अन्य ६ वटा वडाका वडाध्यक्षले राजिनामा दिएका छन्। एकै पालिकाबाट ६ जना उम्मेदवारको नामावाली पठाएपछि कर्णाली प्रदेशका नेताहरुलाई उम्मेदवार र क्षेत्रको टुंगो लगाउन थप मुस्किल परेको छ।

 प्रदेशबाट सबै कुरा टुंगो लगाउने भएपछि सबैको ध्यान प्रदेशतिर केन्द्रित भएको छ। जिल्ला सदरमुकाममा हुने छलफलहरु पनि पातला भएका छन्।

सम्भावित उम्मेदवारहरु टिकटका लागि भन्दै सदरमुकाममा आएर होटलमा बसिरहेका छन्। नेताहरु सदरमुकाममा टिकटका लागि जम्मा भएका छन् तर जनता भने खेतबारीमा काम गर्न व्‍यस्त भएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.