|

सुर्खेत : कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठवटा जिल्लामा भागबण्डा टुंगो लगाएको छ भने अझै दुई जिल्लामा सहमति हुन सकेको छैन। बिहीबारदेखि जारी गठबन्धनको बैठकले अहिलेसम्म आठ जिल्लाका पालिकामा उम्मेदवारी बाँडफाँटको टुंगो लगाएको हो।

रुकुम पश्चिम र सुर्खेतका विषयमा टुंगो लगाउनका लागि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादीका  नेता तथा अर्थमन्त्री जनार्दन शर्माबीच वार्ता भइरहेको बताइएको छ।

जसअनुसार हुम्ला, दैलेख, जाजरकोट, जुम्ला, मुगु, डोल्पा, सल्यान र कालिकोट जिल्लाको पालिकाको बाँडफाँट गरिएको छ। रुकुम पश्चिम र सुर्खेतमा भने भागबण्डा मिलाउन बाँकी छ। रुकुम पश्चिममा ०७४ मा माओवादीले एकलौटी जितेको छ।  

माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लअनुसार कांग्रेसले रुकुम पश्चिममा धेरै पालिका मागेको छ। माओवादीले पनि धेरै मागेको बताएको छ। रुकुम पश्चिमका कांग्रेसले एउटा पनि जितेको छैन भने सुर्खेतमा माओवादीले पनि जितेको छैन।

माओवादीले कांग्रेसलाई रुकुममा जितेको ठाउँ दिँदा सुर्खेतमा पनि कांग्रेसले जितेको ठाउँमा माओवादी केन्द्रलाई दिनुपर्छ भन्ने आफूहरूको माग रहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.