|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्। उनले महिलाविरूद्ध हुने हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको बताएका छन्। उनले राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशिता सुनिश्चित भएको समेत दाबी गरेका छन्। 

उनले नेपालको लैङ्गिक विकास सूचकांकमा भएको सुधारबाट राज्यले महिला हकअधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमबाट राम्रो प्रतिफल प्राप्त भएको मान्न सकिने तर्क गरेका छन्।

‘नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ’, उनले भनेका छन्, ‘संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गरी महिलालाई लैंगिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ।’

'महिलाको सम्मान, सभ्य समाजको पहिचान’ भन्ने राष्ट्रिय नाराका साथ सोमबार चौथो राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.