|

काठमाडौं : आगामी दिनमा मूल्यवृद्धि अझै उच्च हुने नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा देखिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले आगामी तीन महिनामा मूल्यवृद्धि उच्च हुने जनाएको हो। जसअनुसार तीन महिना १४ प्रतिशतले मूल्य बढ्ने तथ्यांकले देखाएको  छ।

आगामी एक वर्षपछिको अपेक्षित मुद्रास्फीति १३.५ प्रतिशत हुने अनुमान गरिएको छ। सर्वेक्षणअनुसार उपभोक्ताले अहिलेको मुद्रास्फीति पनि १४ प्रतिशत रहेको महसुस गरेका छन्। सर्वेक्षणमा सहभागीहरूमध्ये ९४ दशमलव ७ प्रतिशतले आगामी तीन महिनासम्म मूल्य बढ्ने बताएका छन्।

राष्ट्र बैंकले गत असार २० देखि २७ गतेसम्म विभिन्न २८ शहरको  व्यक्तिहरूको प्रतिक्रियाका आधारमा सर्वेक्षण तयार गरेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.