|

काठमाडाैं : विगत अड्तीस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको साहित्य सन्ध्याको ४३१ औँ विशेष शृङ्खलामा ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गरिएकाे छ।

आज दिउँसाे नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा कार्यक्रम आयोजना गरी विभिन्न स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरिएकाे हाे।

सम्मानित हुनेमा रेखा सुवेदी, नारायणप्रसाद भण्डारी, डा.फणीन्द्रराज निरौला, डम्बर पहाडी, विन्दु अधिकारी ढकाललगायत रहेका छन्।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती उपस्थित थिए।

विशिष्ट अतिथि वरिष्ठ पत्रकार भैरव रिसाल, साहित्यकार एवम् पूर्व मन्त्री शान्ता मानवी, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्याय, प्राज्ञहरू प्रा.डा. हेमनाथ पौडेल, लक्ष्मी माली, प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीलगायत अन्य अतिथिहरुकाे उपस्थिति रहेका थियाे।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.