|

काठमाडौं : काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रका फुटपाथ व्यवसाय हटाउन थालेको छ। महानगरका टोलीले बिहीबार सो क्षेत्रमा अवैध रुपमा बनेको संरचना साथै फुटपाथ हटाउन लागेको हो। 

आज हटाउन निर्देशन दिनका लागि पुगेको महानगर टोलीसँग व्यवसायीको चर्काचर्की परेको थियाे। व्यवसाय गर्न पाउनुपर्ने भन्दै व्यवसायीले विरोध गरेका थिए। बिहीबार बिहानैदेखि सो क्षेत्रमा टोली खटाइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। 

काठमाडौं महानगरपालिकाले दुई साताअघिदेखि अवैध रुपमा बनेका संरचनाका साथै फुटपाथ व्यवसाय हटाउने अभियान शुरु गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.