|

सोलुखुम्बु : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सोलुखुम्बुबाट २० जना उम्मेदवार भए पनि दलित उम्मेदवार एकजना पनि छैनन् भने महिलाको संख्यासमेत न्यून छ।

सोलुखुम्बुमा प्रतिनिधिसभा सदस्यको एक सिटका लागि उम्मेदवारी दिनेमध्ये महिला एकजना मात्र छन् भने ७ जना पुरुष उम्मेदवार छन्।

प्रदेशसभाका लागि उम्मेदवारी दिएका सबै १२ जना नै पुरुष रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ल्हमु शेर्पाले उम्मेदवारी दर्ता गराएकी छन्।

दलितको उम्मेदवारको संख्या भने शून्य छ। प्रत्यक्षतर्फ मात्र नभएर सोलुखुम्बुबाट समानुपातिकमा समेत दलित अटाउन सकेका छैनन्। 

संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकको व्यवस्था छ।प्रतिनिधिसभा निर्वाचन ऐनमा समानुपातिकतर्फको उम्मेदवार बनाउँदा अनिवार्य ५० प्रतिशत महिलालाई बनाउनुपर्ने प्रावधान राखे पनि प्रत्यक्षतर्फको उम्मेदवारीमा त्यस्तो कुनै प्रावधान छैन।

प्रतिनिधिसभा निर्वाचन ऐन निर्माणका क्रममा राज्य व्यवस्था समितिमा महिला सांसदले समूहगत रूपमा प्रत्यक्षतर्फ उम्मेदवारीमा महिलाका लागि ३३ प्रतिशत आरक्षित क्षेत्रकै व्यवस्था हुनुपर्ने, ३३ प्रतिशत निर्वाचन क्षेत्र महिलाकै लागि आरक्षित गरिनुपर्ने जस्ता संशोधन प्रस्ताव राखेका थिए। तर ती प्रस्ताव अस्वीकार भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.