|

सल्यान : प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा सल्यानबाट एकीकृत समाजवादीका प्रकाश ज्वाला निर्वाचित भएका छन्।

 उनी ३५ हजार ७ सय मत पाएर निर्वाचित भएका हुन्। ज्वालाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाह १५ हजार ९ सय ११ मतको अन्तरले पराजित भएका छन्। शाहले १९ हजार ७ सय ८९ मत पाएका छन् ।

यस क्षेत्रबाट २०७४ सालको प्रतिनिधिसभाको निर्वाचन माओवादी केन्द्रका टेकबहादुर बस्नेतले जितेका थिए।

कर्णाली प्रदेशको अर्थमन्त्रीको जिम्मेवारी पाइसकेका ज्वाला २०७४ मा सल्यानबाट प्रदेशसभा १ (२) बाट विजयी भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.