|

काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेले अभिमुखीकरण तालिम अनिवार्य लिन अनुरोध गरेको छ। अनुगमनका क्रममा अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएकाले अनिवार्य गर्न आग्रह गरेको हो। 

वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको विभागले जनाएको छ। अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थामा अनुगमन गरेको थियो। उपत्यकासहित देशका विभिन्न जिल्लामा अनुगमन गर्दा मापदण्डअनुसार तालिम सञ्चालन नभएको पाइएको विभागले जनाएको छ। 

वैदेशिक रोजगारीमा जानेले अभिमुखीकरण तालिम अनिवार्य लिनुपर्ने सरकारी नियम छ। जसअनुसार तालिम प्रदान गर्न वैदेशिक रोजगार विभागसँग अनुमति लिएर संस्थाले अभिमुखीकरण तालिम दिइरहेका छन्। अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार तालिम सञ्चालन हुनुपर्ने भए पनि यसअनुसार नभएको पाइएको विभागको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

विभागले १५ दिनभित्र कार्यविधिले तोकेको मापदण्ड पूरा गरी विभागलाई जानकारी गराउन सबै तालिम प्रदायकहरूलाई आह्वान गरेको छ। यसका साथै अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन अबको केही समयभित्रै अनलाइनमार्फत शुरु गरिने पनि पनि विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.