|

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले दाउराको चिर्पट हान्दा ३६ वर्षीया पत्नी लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ। 

मादक पदार्थ सेवन (मापसे) गरेका दावा र पत्नीबीच घरायसी विवाद हुँदा दावाले गएराति चिर्पट हान्दा लाक्पाको मृत्यु भएको हो। 

श्रीमान्–श्रीमतीबीच मूलघरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताए। 

हत्या गर्ने दावालाई गएराति नै खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।

शेर्पा दम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद हुने गरेको छिमेकीले बताए। बुधवार पनि विवाद भएपछि आफ्नो घर छाडेर मूलघर गएर बसेकी पत्नीलाई त्यही पुगेर पतिले चिर्पट हानेको प्रत्यक्षदर्शीले बताए। 

मृत लाक्पाको शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पतालमा लगिएको थियो। शेर्पा दम्पतीका दुई छोरी छन्।

यसैबीच जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाकी २६ वर्षीया एलिना मगरको मृत्यु भएको छ। 

दशमीका दिन घाँस काट्ने क्रममा भिरबाट लडेर ज्यान गुमाएकी उनको शव जिल्ला अस्पतालमा लगेर परीक्षण गरेपछि बिहीवार अन्तिम दाहसंस्कारका लागि प्रहरीले आफन्तलाई जिम्मा लगाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.