|

मकवानपुर : बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमट्टेलले सीमान्तकृत समुदाय चेपाङको सम्मान हुने व्यवस्था गणतन्त्रले ल्याएको बताएका छन्।

जिल्लाको राक्सिाराङ गाउँपालिकाको १५औँ हिउँदे अधिवेशनलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले अहिले जनताको पक्षमा बोल्ने र लड्ने व्यवस्था गणतन्त्रकै कारण सम्भव भएको समेत उल्लेख गरे। 
प्रदेश सरकारकाले चेपाङ, चिउरी र चमेरो संरक्षण कार्यक्रमको कार्यविधि पास गरेर अगाडि बढाएको भन्दै उनले माघभित्र चेपाङ संरक्षण क्षेत्र घोषणा गर्ने तयारीमा रहेको बताए।

मुख्यमन्त्री जमकट्टेलले प्रदेशका ८५ वटा पालिकामा पकेट क्षेत्र घोषणा गरेर प्रदेश सरकार अगाडि बढेको बताउँदै चिउरी, चेपाङ र चमेरो कार्यक्रममा पालिकालाई सहकार्य गर्न आग्रह गरे।

हरेक क्षेत्रमा मिलेर काम गर्न सके सपना साकार पूरा हुने बताउँदै उनले पालिकास्तरबाट योजनाबद्ध ढङ्गले काम गर्नुपर्नेमा जोड दिए।

पछिल्लो समय जनप्रतिनिधिहरु नै निराशा पोखेर हिँड्न थालेको बताउँदै उनले आशावादी भएर काम गर्न सके गणतन्त्रको रक्षा हुने धारणा राखे। 

अहिले नै व्यवस्था परिवर्तनको गफ गर्नुभन्दा पनि जनताका बीचमा विकास निर्माणका काम गर्नुपर्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.