|

धनकुटा : नेकपा (एमाले) धनकुटाको आठौँ जिल्ला अधिवेशन शनिवारदेखि सुरु हुँदैछ। अधिवेशनको मिति आइसक्दा गर्दा एमाले नेता कार्यकर्तामा अधिवेशनको सरगर्मी बढेको छ। जिल्लाका पार्टी नेता कार्यकर्ताले नेतृत्वका लागि दौडधुप बढाएका छन् भने कार्यकर्तामाझ आफ्नो आकांक्षा व्यक्त गर्न थालेका छन्।

एमाले धनकुटाको जिल्ला नेतृत्वकालागि अहिलेसम्म दुई जनाले आफ्नो आकांक्षा व्यक्त गरेका छन्। जिल्ला नेतृत्वका लागि हालका उपसचिव शिव आङ्ला पार्टी अध्यक्ष हुने दाउमा छन् भने जिल्ला सचिवालय सदस्य निरेन तामाङले पनि अध्यक्षका लागि आकांक्षा व्यक्त गरेका छन्।

यस्तै उपाध्यक्ष, सचिव र उपसचिवमा पनि एक दर्जन बढी आकांक्षी रहेका छन्। उपाध्यक्ष सचिव र उपसचिवमा चिन्तन तामाङ, भीम राई, पर्शुराम नेपाल, शेरबहादुर लिम्बू, टंकबहादुर चुहान, मनोज राई, नैन विश्वकर्मा, सावित्रा राई, मनकुमारी तितुङ (तारा) लगायत आकांक्षी रहेको बताइएको छ।

अधिवेशनले एकजना अध्यक्ष, एक जना उपाध्यक्ष, एक जना सचिव र एकजना महिला सहित दुई जना उपसचिव सहित ९० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ। जिल्ला कमिटिमा न्युनतम ७५ सदस्यीय बनाउने र एउटा निर्वाचन क्षेत्रबाट १५ जना थप हुने विधानमा व्यवस्था भएकाले धनकुटामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेकाले जम्मा ९० सदस्यीय जिल्ला कमिटि बन्न लागेको एमाले धनकुटाका सचिव निरन राईले जानकारी दिए।

जिल्ला कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा र अपांग, मजदुर, पेशागत, दलित तथा अल्पसंख्यक गरी १० प्रतिशतअनिवार्य गरिएको सचिव राईको भनाइ छ।

एमालेकाउपाध्यक्ष युवराज ज्ञवालीले उद्घाटन गर्ने अधिवेशन जेठ १२ र १३ गते चल्ने बताइएको छ। अधिवेशन धनकुटाको सामुदायिक भवनमा हुने एमाले धनकुटाले जनाएको छ। अधिवेशनमा जिल्लाका सात स्थानीय तह, विभिन्न जनवर्गीय संगठन, पेशागत क्षेत्र, सम्पर्क मञ्चबाट प्रतिनिधि छनौट सकिएको छ। अधिवेशनमा५४८ जना प्रतिनिधि सहभागी हुनेछन्।

विधानमा ५ प्रतिशत मनोनीत गर्ने व्यवस्था रहेको भए पनि जिल्लास्तरमा छलफल गरेर मनोनित नगर्ने सहमति भएको एमाले धनकुटा सचिब राईले जानकारी दिए।

अधिवेशन सम्पन्न गर्न एमाले धनकुटाका अध्यक्ष इन्द्रमणि पराजुलीको संयोजकत्वमा मूल व्यवस्थापन समिति, निरन राईको संयोजकत्वमा व्यवस्थापन समिति, निरेन तामाङको सयांजकत्वमा खाद्यन्न व्यवस्थापन समिति, भीम राईको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति, चिन्तन तामाङको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, शिव आङलाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, मनकुमारी तितुङ ताराको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको एमाले धनकुटाले जनाएको छ।

आठौँ जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रिय निर्वाचन समितिको टीम आउने र जिल्लामा कानुन व्यवसायी, प्राध्यापक रहेको निर्वाचन समिति बन्ने भएको छ। नयाँ नेतृत्व सहमतिका आधारमा चयन गर्न अहिले पनि प्रयासरत रहेको र सबै नेताहरू सहमतिमै टुंग्याउन लागि रहेको त्यो कार्य शुक्रबार दिनभरि र बन्द शत्र सुरु नभएसम्म प्रयास हुने बताइएको छ। बन्द शत्र सुरु भएपछि पनि सहमति हुन नसके निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने सचिब राईले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.