|
महामन्त्रीमा निर्वाचित भएपछि सरोज थापा (दायाँ) र कुन्दनराज काफ्ले खुशियाली मनाउँदै

काठमाडौं : राजसभाको बैठकका लागि तत्कालिन राजा ज्ञानेन्द्र शाहको सवारी त्रिचन्द्र क्याम्पस अगाडिको सडकबाट हुँदै थियो। सुरक्षाका लागि सडक छेउछाउमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित थिए।

त्यही बेला एकाएक विद्यार्थीहरुको समूह सडकमा निस्कियो र राजतन्त्र विरुद्ध नाराबाजी ग¥यो। सुरक्षाकर्मीहरुले अनेक प्रयास गर्दा पनि हटाउन सकेनन्, राजाको सवारी केही बेर रोकियो।

यसरी देशकै मुख्य र ठूलो क्याम्पस अगाडि भएको प्रदर्शनको अगुवाई गरेका थिए, विद्यार्थी नेता सरोजकुमार थापाले। तत्कालिन शाही शासनकालको समयमा त्यो कामको नेतृत्व गरेर थापाले आफ्नो निडरता प्रस्तुत गरेका थिए ।

उनी २०६३ सालमा राजाको शासनकालमा पाठ्यपुस्तकमा राजाको तस्बिर राख्ने प्रचलनको विरोधमा किताब च्यातेको आरोपमा पक्राउ परे। त्यतिबेलाका विद्यार्थी नेताहरु एमालेका  ठाकुर गैरे र कांग्रेसका प्रदीप पौडेलसँगै उनी जेल बसेका थिए। त्यो बेलाको सम्झना गर्दै पौडेलले भने ‘सरोज निडर त रहेछन् तर जेलमा बसेको बेला अझै धेरै राम्रोसँग थाहा भो, उनी त मिजासिलो र प्राज्ञिक स्वभावका पनि रहेछन्।’

पौडेलले त्यत्तिखेरको समयमा सरोजले राजतन्त्रको विरुद्ध गरेको विद्रोह अत्यन्तै चुनौतीपूर्ण भएकोले त्यो बेलाकै संघर्षले देशले चाँडो गणतन्त्र पाएको बताउँछन्। यो कुरालाई अर्का अध्यक्ष गुरु घिमिरे पनि स्वीकार्छन्। घिमिरे भन्छन् ‘सरोज विचारमा स्पष्ट भएको मान्छे हो, उ मूल्य र मान्यताका आधारमा काम गर्छ, अर्कोतर्फ उ नरम स्वभावको पनि छ, अचम्मको मिश्रण छ, उसमा।’

सरोजले धरानको शिक्षा सदनमा विद्यालय तह पढेका थिए। कलेज जीवन त्रिचन्द्र क्याम्पसमा शुरु भयो र सँगसँगै राजनीतिक यात्रा पनि। २०५६ मा नेविसंघको चितवन महाधिवेशनमा उनी त्रिचन्द्र क्याम्पसका इकाई अध्यक्षको रुपमा गएका थिए। थापा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति पनि निर्वाचित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.