|

काठमाडौं : ११ सदस्यीय महाभियोग सिफारिस समितिले लोकमानसिंह कार्की विरुद्ध १ सय ५७ जना सांसदले हस्ताक्षर गरि संसद सचिवालयमा दर्ता गराएको महाअभियोग सम्बन्धी प्रस्तावको तिहारअघि नै छिनोफानो गर्ने भएको छ।

समितिको सभापति चयन हुने बित्तिकै यस प्रस्तावमा छलफल सुरु गरिने  समिति सदस्य रेवतिरमण भण्डारीले जानकारी दिए। 'संसद सचिवालयमा आज प्रस्ताव दर्ता भएको छ। सभामूखले उक्त प्रस्तावबारे समितिलाई जानकारी दिने बित्तिकै हामी निष्पक्ष रुपमा छानविन अघि बढाउनेछौँ। तिहारअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह विरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावको निष्कर्ष आउँछ।'

अर्का सदस्य दिलनाथ गिरीले प्रमाणको आधारमा समितिले छानविन तत्काल अघि बढाउने बताए। 'प्रतिशोधको आधारमा महाअभियोग सिफारिस समितिले छानविन अघि बढाउँदैन। प्रमाणलाई आधार मानेर महाअभियोग सिफारिस समितिले प्रस्तावको किनारा लाउछ।'

समितिको बिहिबार बस्ने बैठकले सभापति चयन गर्नेछ। संसदमा सांसदहरुले महाअभियोग सिफारिस समिति बनाउन ढिलाई गर्न नहुने भन्दै बारम्बार दबाब दिएपछि सभामूख ओनसरी घर्तिले कार्य व्यवस्था परामर्श समितिसँगको परामर्शपछि बुधबार संसद बैठकमा संविधानको धारा १ सय १ बमोजिम गठन गर्नुपर्ने 'महाभियोग सिफारिस समिति गठन गरियोस्' प्रस्ताव पेश गरेकी थिइन्। यस प्रस्तावलाई  संसदले सर्वसम्मतिले पारित गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.