|

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन कात्तिक १६, १७ र १८ गते गर्ने अध्यक्ष नयनसिंह महरले प्रस्ताव गरेका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु केन्द्रीय समिति बैठकमा अध्यक्ष महरले महाधिवेशनको विकल्प नरहेको भन्दै मिति प्रस्ताव गरेका हुन्। प्रस्तावित तालिकाअनुसार नेविसंघको अधिवेशनहरू असोज पहिलो सातादेखि सुरु हुनेछ। अध्यक्ष महरले असोज ७ गते मावि तथा क्याम्पसको अधिवेशन प्रस्ताव गरेका नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।

यस्तै, असोज १२ गते महानगर उपमहानगर र गाउँको अधिवेशनको प्रस्ताव बैठकमा आएको छ। नेविसंघको प्रतिनिधिसभाको क्षेत्रतर्फ भने समिति बन्ने प्रावधान छैन। प्रदेशतर्फको क्षेत्रमा भने असोज १५ गते गर्ने प्रस्ताव आएको केन्द्रीय सदस्‍ भट्टले जानकारी दिए।

यस्तै, जिल्लातर्फ  असोज २१ गते र उपत्यकाका क्याम्पसहरूमा असोज २३ गते गर्ने प्रस्ताव आएको छ। सातै प्रदेशतर्फका अधिवेशन भने कात्तिक १० र ११ गते गर्ने अध्यक्ष महरले कार्यतालिका प्रस्तुत गरेका छन्। नेविसंघको महाधिवेशनका लागि कात्तिक १३ गते महाधिवेशन प्रतिनिधि टुंगो लगाउने १४ गते दाबी विरोधका लागि समय दिइने र त्यही दिन अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका महरले प्रस्तुत गरेको भट्टको भनाइ छ।

महाधिवेशनको उद्‍घाटन  कात्तिक १६ गते, बन्दसत्र १७ गते गर्ने १२ ‌औँ महाधिवेशनका लागि मतदान १८ गते गर्ने कार्यतालिका छ।  बैठकमा महरले उमेर हद हटाउन पनि प्रस्‍ताव गरेका छन्। यसअघि नेविसंघको विधानअनुसार ३२ वर्ष नाघिसकेकाले केन्द्रीय समितिमा उम्मेद्वारी दिन नपाउने प्रावधान थियो।

महाधिवेशनको यो खाका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्ष निकटका विद्यार्थी नेताहरूले एक हप्ता लामो गोप्य बैठकपछि तय गरेका हुन्। उक्त गोप्य बैठकप्रति असहमति जनाउने नेविसंघका महामन्त्री सरोज थापाको समूह पनि बैठकमा सहभागी छ। अर्को असन्तुष्ट पक्ष पार्टी महामन्त्री डा शशांक निकट समूह पनि बैठकमा सहभागी छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.